+
+

यू-१९ विश्वकपको एशिया छनोट खेल्न जाने क्रिकेट टिमको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते ११:११

१० फागुन, काठमाडौं । यू-१९ विश्वकपको एशिया छनोट खेल्न यूएई जाने क्रिकेट टिमको बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपमा आयोजना गरिएको कार्यक्रममा राखेप र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले टोलीलाई बिदाई गरेका हुन् ।

यू-१९ नेपाली क्रिकेट टिमले यूएईमा २४ फेब्रुअरीदेखि २ मार्चसम्म हुने यु–१९ विश्वकपको एशिया छनोट खेल खेल्नेछ । जसमा नेपालले हङकङ, कुवेत, मलेसिया, सिंगापुर, युएईसँग खेल्नेछ । तीमध्येको विजेता एउटा टिमले सन् २०२४ मा श्रीलंकामा हुने  यू-१९ विश्वकप खेल्नेछ ।

यू-१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले हिजो मात्र देव खनाललाई कप्तान चयन गरेका थिए । यसअघिका कप्तान गुल्सन झा यूएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टू को श्रृङ्खलाका लागि सिनियर टिममै रहने भएपछि देवलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?