+
+

राजनीतिक प्रणाली र शासकीय स्वरुपमा पुनर्विचार आवश्यक : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १३:०५

१० फागुन, बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

रुपन्देहीको बुटवलमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकाले राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाबारे पुनर्विचार तथा विकल्पमा बहस हुनुपर्ने बताएका हुन् ।

पूर्व उपप्रधानमन्त्री थापाले राष्ट्रपतिले विगतमा स्वार्थ देखाएकाले दलहरूबीच खिचातानी बढेको भन्दै उनले अबको राष्ट्रपतिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने समेत बताए ।

उनले अहिलेका राजनीतिक दलहरूमा अराजनीतिक, मर्यादाहीन र फोहोरी प्रवृत्ति देखिएको बताए । ‘राजनीतिक दलहरूको अस्थीरताको कारणले देशको एकता र संविधान नै धरापमा परेको छ,’ थापाले भने । मुलुकमा विदेशी चलखेल बढ्नुमा राजनीतिक दल नै दोषी भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?