+
+

अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा गोकर्णबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १७:४१

१० फागुन, काठमाडौं । प्रहरीले अमेरिकी डलर देखाई लुटपाट र ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको गाती गाविस घर भई हाल भक्तपुरको पुरानो ठिमी बस्‍ने ३२ वर्षीय दावा डुण्डुप तामाङ रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि ठगी मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत बौद्ध, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

डुण्डुप तामाङले साँखुमा अमेरिकी डलर देखाई ४ लाख लुटपाट गरी फरार रहेको खुल्न आएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?