+

केपी ओली कपलाई ए डिभिजन लिगको तयारीका रुपमा उपयोग गर्ने

२०७९ फागुन  १० गते १९:३३ २०७९ फागुन १० गते १९:३३
केपी ओली कपलाई ए डिभिजन लिगको तयारीका रुपमा उपयोग गर्ने

१० फागुन, काठमाडौं । बिहीबारदेखि सुरु हुन लागेको केपी ओली कप फुटबल प्रतियोगितालाई सहभागी टिमले आसन्न ए डिभिजन लिगको तयारीको रुपमा लिने भएका छन् ।

यो प्रतियोगिता ए डिभिजनका सात वटा क्लबले खेल्दैछन् । खेलको पूर्वसन्ध्यामा बुधबार भएको पत्रकार सम्मेलनमा टिमका कप्तानहरुले लिग अगाडि राजधानीमै हुन लागेको नकआउट प्रतियोगितालाई आफूहरुले लिगको तयारीको अवसरका रुपमा लिने बताए ।

पत्रकारसम्मेलनमा चर्च ब्वाइज र मछिन्द्रका कप्तान उपस्थित थिएनन् बिहीबार दिउँसो १ बजे सातदोबाटोस्थित एन्फा मैदानमा सातदोबाटो युथ र नेपाल पुलिसको खेलसँगै प्रतियोगिता सुरु हुनेछ ।

नकआउट प्रणालीमा हुने प्रतियोगितामा यी दुई सहित त्रिभुवन आर्मी, न्युरोड, मछिन्द्र, जावलाखेल युथ क्लब, चर्च ब्वाइज र केपी ओली फुटबल क्लब सहभागी छन् ।

केपी ओली फुटबल क्लबमा ए डिभिजन क्लब थ्री स्टारकै सम्पूर्ण खेलाडी अनुबन्ध छन् । ‘हामी २३ दिनदेखि तयारी गरिरहेका छौं । यो हाम्रो लागि लिगको तयारीको रुपमा रहेको छ । खेलाडी फिटनेस र टिमको समग्र विकासका लागि यो प्रतियोगिता निकै फाइदाजनक हुनेछ’, त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले भने ।

लिग तयारीको रुपमा यो प्रतियोगितालाई हेरेको बताउने उनले थपे, ‘यो प्रतियोगिता हाम्रो लागि लिगको वार्मअप जस्तो हुनेछ । हामीले यो प्रतियोगिताबाट आफ्नो बलियो पक्ष र कमजोरी दुवै थाहा पाउन सक्नेछौं र लिगमा सुधार गर्ने अवसर हुनेछ ।’

प्रतियोगिता जुध्दा खेलाडीलाई चोटको चिन्ता

झापा गोल्ड कप र केपी ओली कपको तालिका जुधेको कारण खेलाडीलाई रातारात झापा काठमाडौं गर्नु पर्ने स्थिति समेत हुने छ । मछिन्द्र क्लबका सचिव किरण महर्जनले भने, ‘हाम्रो खेलाडी झापामा खेलिरहेको छ । रातारात काठमाडौं आएर यहाँ खेल्दा क्लबको खर्च बढी र खेलाडीलाई भागदौड बढी हुन्छ ।’

यस्तो गर्दा खेलाडीलाई इन्जुरीको समस्या बढ्ने भन्दै उनले आगामी सिजनबाट प्रतियोगिताका लागि प्रस्ताव आउँदा ध्यान दिएर प्रतियोगिता छनोट गर्ने बताएका थिए ।

उनले भने, ‘खेलाडी इन्जुरीको समस्याका बारेमा सोचेर मात्रै अब हामी आउँदो सिजनबाट प्रतियोगिताको प्रस्ताव स्वीकार गर्नेछौं ।’

केही टिमका कप्तानहरुले पनि तालिका जुध्दा तयारीका साथसाथै चोटको समस्या पनि हुने कुरामा समर्थन जनाएका थिए । एक टिमका प्रशिक्षकले पनि यसरी तालिका जुध्दा खेलाडीलाई थकान तथा इन्जुरीको समस्या बढ्ने बताएका थिए । उनले भने, ‘यो समस्या आयोजक तथा टिमहरुको भन्दा पनि तालिका व्यवस्थापनमा सम्बन्धित पक्षले ध्यान दिएको भए राम्रो हुन्थ्यो ।’

केपी ‌ओली कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय