+
+

स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओ प्रमुख गेब्रेयससबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते ७:२१

११ फागुन, काठमाडौं । विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् ।

भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि आभार प्रकट गरेका थिए ।

विशेष गरी खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम, निवारण र उन्मूलनमा खेलेको भूमिकाको मन्त्री गिरीले प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।

साथै मातृ शिशु स्वास्थ्य, २०७२सालको भूकम्प, हैजाको प्रकोप, कोभिड कोभिडविरुद्धको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले सह्रानीय भूमिका खेलेको मन्त्री गिरीले बताएका थिए ।

डा. गेब्रेयससले नेपालले स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको भन्दै डब्ल्यूएचओको तर्फबाट आवश्यक सहयोग निरन्तर हुने आश्वासन दिएका थिए । भेटमा नसर्ने रोग, प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा लगायतका विषयमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?