+
+

कलंकी-महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुन्छ : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते ११:३४

११ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग सहितको टोलीले कलंकी-महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको छ ।

निरीक्षणपछि उपप्रधानमन्त्री श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुने बताए ।

चिनियाँ कम्पनीले काठमाडौंको चक्रपथ विस्तारको जिम्मा पाएको छ । कलंकी-कोटेश्वर खण्डको काम सम्पन्न भइसके पनि साइट क्लियर नहुँदा कलंकी-महाराजगञ्ज खण्डको काम बाँकी छ ।

सडकको अवस्थाको उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले आज बिहान निरीक्षण गरे ।

निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको काम चाँडै काम सुरु गर्ने सहमति चीन सरकारसँग भएको बताए ।

बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु सार्ने तर स्वयम्भूका संरचनाहरु भने नभत्काइकन सडकको डिजाइन परिवर्तन गर्ने सहमति भएको मन्त्री श्रेष्ठले जानकारी दिए । ‘बिजुलीका पोल, स्वयम्भूअघिको समस्याहरुका कुराहरु छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको (स्वयम्भूको) डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ,’ मन्त्री श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?