+
+

काइली जेनरलाई उछिन्दै सेलेना गोमेज बनिन् इन्स्टाग्राममा सर्वाधिक पछ्याइने महिला

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते ११:५७

काठमाडौं । हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज इन्स्टाग्राममा सबैभन्दा बढी पछ्याइने महिला बनेकी छन् । ३० वर्षीया पपस्टार गोमेज सेलिब्रिटी काइली जेनरलाई उछिन्दै दोस्रोपटक शीर्षस्थानमा उक्लिएकी हुन् । यसअघि पनि सेलेना धेरै पछ्याइने महिला बनेकी थिइन् तर उनलाई त्यतिबेला काइलीले उछिनेकी थिइन् ।

नेपाली समयानुसार बिहीबार बिहानसम्म काइलीलाई इन्स्टाग्राममा ३८ करोड ४ लाख आठ हजार २७४ जनाले पछ्याएका छन् । सेलेनालाई पछ्याउनेको संख्या सोही अवधिसम्म ३८ करवड ८ लाख ५३ हजार २९३ पुगेको छ । यो उपलब्धि हासिल गरेपछि सेलेनाका फ्यानले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।

भ्यानिटी फेयरको हलिउड कभर २०२३ को लागि दिएको हालैको अन्तर्वार्तामा सेलेनाले ब्रेकअपको बेला आफूले अनलाइन घृणा व्योहरेको बताएकी थिइन् । आफूले सामाजिक सञ्जालको व्यवस्थापन सहायकलाई किन दिएको छु भनेर उनले यसबारे बताएकी थिइन् । उनले भनिन्, ‘ब्रेकअपको बेला कठिन समयबाट गुज्रिएँ । अब म मेरो सम्बन्धबारेका प्रतिक्रिया सामाजिक सञ्जालमा हेर्न चाहन्न । त्यहाँ हजारौं राम्रा कमेन्ट हुन्छन् तर मेरो सिधा ध्यान एउटा नकारात्मक टिप्पणीतर्फ जान्छ ।’

कसैले सामाजिक सञ्जालमा नराम्री भनेर भनेपनि आफूलाई मतलब नहुने उनको भनाइ छ । गोमेज र जेनरसँगै इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएका महिला सेलिब्रेटीमध्ये ३५७ मिलियन फलोअर्स भएका एरियाना ग्रान्डे, ३४६ मिलियन फलोअर्स भएका किम कार्दसियन र २९३ मिलियन फलोअर्स भएका बियोन्से समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?