 
																			११ फागुन, काठमाडौं । नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक आजै बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरुले बिहीबार एकीकृत समाजवादीका नेताहसँग छलफल गरेका थिए । सिंहदरबारमा भएको छलफलमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका थिए । ‘प्रधानमन्त्रीले पनि म त एकदमै सहमत छु, कांग्रेससँग पनि कुरा गरौं भन्नुभएको छ,’ एक नेताले भने ।
कांग्रेससँग साँझ ६ बजे छलफल गर्ने तयारी छ । त्यसअघि ३ बजे माओवादी र जसपा, ५ बजे माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4