+
+

शनिबारबाहेकका विदामा सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १८:२५

११ फागुन, काठमाडौं। शनिबारबाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सार्वजनिक विदा धेरै भएको भनी सार्वजनिक रुपमा भएको आलोचनालाई कम गर्नका लागि महतवपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान गर्ने सम्बन्धमा छलफल भएको हो ।

एक मन्त्रीका अनुसार शनिवार बाहेकको विदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने विषयमा छलफल भएको हो ।

मन्त्रिपरिषदको प्रशासनिक समितिबाट गएको प्रस्तावमा सेवाग्राहीको भीड हुने मालपोत, राहदानी, सवारी अनुमतीपत्र कार्यालय लगायतका निकाय सार्वजनिक विदाका दिन समेत खोल्नेवारे छलफल भएको हो ।

प्रशासनिक समितिमा पनि यसबारे छलफल भएको थियो । एक सचिवका अनुसार हरेक विदाका दिन एक सिफ्टमा भए पनि सेवा दिनेगरी गरी छलफल भएको हो । ती सचिवले भने, ‘त्यो खाकाले अन्तिम रुप पाएको छैन, छलफलका क्रममा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?