+
+

काठमाडौंभरि सीसीटीभी जडान गर्ने बालेनको योजना, साढे १६ करोड विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १९:२३

११ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सार्वजनिक स्थानमा सिसीटीभी जडान गर्ने तयारी गरेको छ । बिहीबार बसेको १३औं कार्यपालिका बैठकबाट महानगरभित्रका मुख्य–मुख्य सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये २५ वडाले ५४ थान सीसीटीभी जडानका लागि १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने महानगर आफैंले शहरी सञ्चार सुरक्षाका लागि भन्दै ६ करोड विनियोजन गरेको छ ।

महानगरका सूचना प्रविधि समितिका संयोजक समेत रहेका प्रवक्ता नवीन मानन्धरका अनुसार काठमाडौंको मुल सडकमा नेपाल प्रहरी मार्फत सीसीटीभी जडान गरिने छ ।

चोक तथा गल्लीहरुमा नेपाल प्रहरीको प्राविधिक सहयोगमा वडा कार्यालय मार्फत सीसीटीभी जडान हुनेछ । महानगरले सार्वजनिक स्थानमा आवश्यकता अध्ययनको आधारमा सीसीटीभी जडान गर्ने बताएको छ ।

महानगरपालिका र नेपाल प्रहरीबीच १५ फागुन २०७५ मा सम्झौता भएअनुसार १६५ थान सीसीटीभी जडान भएको थियो । जसमध्ये १५८ वटा सञ्चालनमा रहेको मानन्धरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?