+
+
रोजगारी :

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा जागिरको अवसर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १२:३७

१२ फागुन, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा रोजगारीको अवसर खुलेको छ । प्रतिष्ठानले बढुवा, काज, आन्तरिक प्रतिष्पर्धा र खुलामा जागिरको अवसर खुलेको जानकारी गराएको छ ।

प्रतिष्ठानका अनुसार बढुवातर्फ वरिष्ठ अध्ययन निर्देशक, अध्ययन उपनिर्देशक र प्रशासकीय तथा वित्तीय उपनिर्देशक पदमा अवसर खुलेको छ । यी पदमा १/१ जनाले अवसर पाउने छन् । काजमा भने अध्ययन निर्देशक पदमा अवसर खुलेको छ । आन्तरिक प्रतिस्पर्धाबाट प्रशासकीय तथा वित्तीय अधिकृत र प्रशिक्षण तथा अनुसन्धान अधिकृतमा अवसर खुलेको छ ।

खुलातर्फ अध्ययन निर्देशक (अधिकृत प्रथम)मा १, महिला १, प्रशासकीय तथा वित्तीय उपनिर्देशकमा खुला १, प्रशासकीय तथा वित्तीय अधिकृतमा महिला १, प्रशिक्षण तथा अनुसन्धान अधिकृत खुला (अपाङ्गता) १, वरिष्ठ सहायक पदमा २ खुला, १ महिला र एक अपाङ्गता भएका लागि अवसर खुलेको हो । यी पदहरुमध्ये खुलामा २ चैतसम्म आवेदन दिने सकिने छ । दोब्बर दस्तुर तिरेर ९ चैतसम्म आवेदन दिने सकिने भएको छ । आन्तरिक र काजमा २ चैत र बढुवामा २६ फागुनसम्मको समय तोकिएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?