+
+

अव्यवस्थित बसोबासीलाई जग्गाको पूर्जा लिन तय भएको राजश्व अन्यायपूर्ण छ : सांसद विश्वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १४:५७

१२ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले अव्यवस्थित बसोबासीलाई बसोबास गरिरहेको जग्गाको पूर्जा लिन तय भएको राजश्व अन्यायपूर्ण रहेको बताएका छन् ।

उनले शुक्रबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय आवास कम्पनीले तय गरेको राजश्व अन्यायपूर्ण रहेको बताएका हुन् ।

‘अव्यवस्थ्ति बसोबासीहरुलाइ आफ्नो पूर्जा पाप्त गर्न राजश्व तय भएको छ । तय भएको राजश्व तिर्न सक्ने अवस्थामा जनता छैनन्’ उनले थपे, ‘अव्यवारिक मात्रै होइन्, त्यो अन्यायपूर्ण छ ।’ तय भएको राजश्व भन्दा सस्तोमा नयाँ जग्गा किन्न सकिने उनले बताए ।

‘आफूले चर्चेको, आफूले भोगचलन गरेको पूर्वाधार निर्माण गरेको जग्गा जमिन आफ्नो नाममा गर्नका निम्ति जति राजश्व तिर्नुपर्ने हो त्यो भन्दा सस्तो त नयाँ जग्गा जमिन किन्न हुने भयो’ उनले भने ।

यस्तो समस्या समाधान गर्नका लागि २०२० सालमै पुर्नबास कम्पनी स्थापना गरिएको, पछि ग्रामिण विकास कम्पनी बनाइएको र अहिले अहिले राष्ट्रिय आवास कम्पनीमा रुपान्तरण गरिएको उल्लेख गर्दै उनले अव्यवस्थित बसोबासीहरुको दिर्घकालिन समाधान गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए ।

राष्ट्रिय आवास कम्पनीको बिभिन्न ९ वटा जिल्लामा जग्गाहरु रहेको र यो १२ हजार ६ सय परिवारसँग सम्बन्धित छन र प्रभावित रहेको बताए । आफू निर्वाचित क्षेत्र रुपन्देहीको १ पनि अव्यवस्थित बसोबासीको समस्या रहेको उनले सुनाए ।

‘समय समयमा यस (अव्यवस्थित बसोबासीको समस्या समाधान)का निम्ति पहल कदमी लिइएको छ । सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । तथापि, यसले अहिलेसम्म निकास पाउन सकेको छैन्’ उनले भने ।

०३४÷०३५ सालमा बसोबास गर्न दिइएको र बसोबास गरेको ४५ वर्ष पुग्दा समेत आफूले भोगचलन गरेको, बसोबास गरको, पूर्वाधार निर्माण गरेको जग्गाको पूर्जा नपाउनु दुखद रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?