+
+

एमाले सांसद रिजालको प्रश्न : षडयन्त्रको पनि सिद्धान्त हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १६:०४

१२ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नेपालमा षडयान्त्रको राजनीति चलिरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘राजनीति सिद्धान्तद्वारा चल्छ कि सिद्धान्तद्वारा निर्देशित हुन्छ कि । षडयन्त्रद्वारा चल्छ ? अथवा षडयन्त्रको पनि सिद्धान्त हुन्छ ? अहिले त यस्तो चल्न थालेको छ ।’

राणा शासन र पञ्चायती व्यवस्थामा ज्यादा षडयन्त्र प्रयोग हुने भएकाले ती व्यवस्थाहरु फालेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा समेत षडयन्त्रको राजनीति कायमै रहेको उनले बताए ।

‘मलाई लाग्छ षडयन्त्रको सिद्धान्त हुँदैन । षडयन्त्र सिद्धान्त बिहीन हुन्छ । राणा शासन पञ्चायती व्यवस्था ज्यादा षडयन्त्र प्रयोग हुन्थ्यो, त्यहाँ सिद्धान्त प्रयोग हुँदैनथ्यो नयम प्रयोग हुँदैनथ्यो । र जनताले नियम विपरीत सिद्धान्त विपरीत चल्ने त्यो व्यवस्थाको विकल्प रोज्यौं’, उनले भने ।

‘अहिले पनि षडयन्त्र कायमै छ । जसले षडयन्त्र गर्न सक्यो उसको दुनो सोझिन्छ भन्ने विश्वास र प्रयोग देखिन्छ’ उनले भने । षडयन्त्रको राजनीतिले देश र जनतालाई पछाडि पारेको उनले बताए । ‘मलाई लाग्छ षडयन्त्रको सिद्धान्त हुँदैन । षडयन्त्र सिद्धान्त बिहीन हुन्छ’ उनले भने, ‘र यसबाट देश र जनता पछाडि पर्छन् ।’

अबको राजनीति र नेतृत्व श्रमबाट हुनुपर्ने पनि उनले बताए । विगतमा कोही जन्मँदै शासक र कोही अछुत हुने अवस्था रहेको र त्यसलाई बदलेर अगाडि बढेको स्मरण गर्दै उनले अब षडयन्त्रको राजनीति छाडेर श्रमबाट नेतृत्व चयन गरिनुपर्ने बताए ।

‘अब खान्दानी र आम्दानीबाट होइन राजनीति । अब श्रमदानीबाट अगाडि बढ्नुपर्छ’ उनले अघि भने, ‘गर्भबाट होइन अबको शासन र नेता श्रमबाट हुनुपर्छ । देश र जनताप्रति गरेको श्रमबाट उस (नेता)को हैसियत तय हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?