+

चर्च ब्वाइजलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

२०७९ फागुन  १२ गते १७:२८ २०७९ फागुन १२ गते १७:२८
चर्च ब्वाइजलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

१२ फागुन, काठमाडौं । केपी ओली कप फुटबलमा चर्च ब्वाइजलाई २–१ ले पराजित गर्दै मछिन्द्र फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

मछिन्द्रका लागि खेलको १६ औं मिनेटमा गोल गर्दै सुजल श्रेष्ठले १–० को अग्रता दिलाएका हुन् ।

४० औं मिनेटमा रञ्जित धिमालले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । पहिलो हाफमा २–० को अग्रतामा रहेको मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले ६५ औं मिनेटमा आफ्नै पोष्टमा गोल गर्दा चर्च ब्वाइजलाई फाइदा भएको थियो ।

तर खेलको अन्तिम मिनेटसम्म पनि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजले मौका बनाए पनि गोल भने गर्न सकेन र पराजित भयो ।

विजेता मच्छिन्द्रले फाइनल प्रवेशका लागि केपी ओली फुटबल क्लब र जावलाखेल युथ क्लबबीचको विजेतासँग खेल्ने छ । यी दुईबीचको खेल भोलि शनिबार हुने छ ।

केपी ‌ओली कप फुटबल मच्छिन्द्र क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय