
१२ फागुन, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा पत्रकार शेखर अधिकारी नियुक्त भएका छन् ।
यसअघि उनी नेपाल टेलिभिजनको अनलाइन समाचार सम्पादक थिए । अधिकारीले २०७५ देखि ०७७ सम्म संसद सचिवालयमा सञ्चार विज्ञको रुपमा समेत काम गरेका थिए ।
मोरङको उर्लाबारी स्थायी घर भएका अधिकारी दुई दशक देखि पत्रकारितामा छन् । अधिकारीले रेडियो, छापा र अनलाइन सञ्चार माध्यममा काम गरेका छन् । मोफसल साप्ताहिक, सप्तकोशी एफएम, ब्लाष्ट टाइम्स दैनिक, अनलाइनखबर, ईकान्तिपुर लगायतका सञ्चार माध्यममा काम गरेका हुन् ।
अधिकारी पूर्वाञ्चल विश्व विद्यालयबाट आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4