+
+

फिल्म ‘जय हो’मा जोडिइन् निशा अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १३ गते ९:५५

काठमाडौं । टेक पौरखी राईको निर्देशनमा छायांकन हुन लागेको फिल्म ‘जय हो’को शीर्षमध्येको एक भूमिकामा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् ।

फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत र अधिकारबीच लिखित सहमति भएको छ । अधिकारी अभिनित पछिल्लो फिल्म ‘म’ साउनमा रिलिज भएको थियो । उनले हालै ‘आँखा’को छायांकन सकेकी छन् ।

फिल्ममा यसअघि नै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा र माओत्से गुरुङलगायतका कलाकार फाइनल भइसकेका छन् । फागुन २५ देखि छायांकन हुन फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ ।

सुरेश न्यौपानेको पटकथा लेखन रहने फिल्ममा सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटाको संगीत रहनेछ । कमेडी, एक्सन र लभस्टोरी जनरामा बन्न लागेको फिल्मलाई आगामी हरितालिका तीजमा प्रदर्शन गर्ने तयारी छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मको निर्मातामा राज अधिकारी र सुरज सरकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?