+
+

केपी ओली कपको सेमिफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १३ गते १८:३०

१३ फागुन, काठमाडौं । जाउलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक केपी ओली एफसी राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।

ललितपुरस्थित एन्फा कम्प्क्समा भएको खेलमा केपी ओली एफसीले जावलाखेल युथ क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ को रोमाञ्चक जित निकालेको हो । यससँगै सेमिफाइनलमा प्रवेश गर्ने चारवटै टिमको टुंगो लागेको छ ।

शनिबार निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले १–१ गोल गरेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा केपी ओली एफसीका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बू र अनिल महर्जनले पेनाल्टीमा गोल गरेका थिए ।

जाउलाखेलका सिमान्त थापा, समीरराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनबोइभले गोल गर्दा एनकोटो स्यानोउस मासोआबीको पेनाल्टी प्रहार आयोजक टोलीका गोलकिपर पूर्ण चेम्जोङले रोके ।

निर्धारित ९० मिनेटको खेलको सुरुवात निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा जावलाखेलका लागि डिफेन्डर राहुलले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । केपी ओली एफसीले ६८ औं मिनेटमा विदेशी खेलाडी अजयी मार्टिन्सको गोलमा खेललाई बराबरीमा ल्याएको थियो ।

अब सेमिफाइनलमा केपी ओली एफसीले मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को सेमिफाइनल खेल सातदोबाटो युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागी थिए । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?