+
+

लगातार फिल्म फ्लप भएपछि अक्षय कुमारको टिप्पणी : यसको पछाडि मेरो दोष छ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १२:०३

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार दमदार अभिनेता हुन् नै उनी निडर पनि छन् । अक्षय सिधा कुरामा विश्वास राख्छन् । लगातार फ्लप फिल्मका कारण उनको करिअरमा प्रश्न उठिरहेको छ । कतिपयले उनलाई सन्यास लिन सल्लाह दिइरहेका छन् । कसैले काम गर्ने शैलीमाथि प्रश्न उठाइरहेका छन् ।

आफू अभिनित फिल्म धमाधम फ्लप हुन थालेपछि यसबारे अक्षयले जवाफ दिएका छन् । उनले फिल्म फ्लप हुनुको जिम्मेवारी आफैंले लिए । हालै उनी अभिनित कमेडी एक्सन फिल्म ‘सेल्फी’ रिलिज भएको छ । यो फिल्मले बलिउड बक्स अफिसमा निराशाजनक ओपनिङ ग¥यो । स्टारको फिल्मले दुई करोड हाराहारीमा ओपनिङ गर्दा सिंगो बलिउड स्तब्ध बनेको छ । कंगना रनावतले पनि यसलाई फ्लप भनिसकेकी छन् ।

अक्षयको पछिल्लो हिट फिल्मको कुरा गर्दा रोहित शेट्टी निर्देशित कप युनिभर्स फिल्म सूर्यवंशीले १९८ करोड भारुको व्यापार गरेको थियो । त्यसयता उनका फिल्महरु असफल हुँदै आएका छन् । यसबीचमा उनले ओटीटी प्लेटफर्मको सहारा समेत लिनुप¥यो ।

भारतीय टेलिभिजन आजतकसँगको कुराकानीमा फिल्म असफलताको श्रृंखलाबारे अक्षयले भने, ‘मसँग यस्तो पहिलोपटक भएको होइन । मेरो करिअरमा यसअघि १६ पटक फ्लप फिल्म दिएँ । एक समय यस्तो पनि थियो जब मेरा आठवटा फिल्म ब्याक टु ब्याक फ्लप भए । अहिले मेरो ३-४ फिल्म बक्स अफिसमा असफल भएको समय छ । यो सबैको पछाडि मेरो दोष छ । फिल्म नचल्नुमा मेरो गल्ती हो । अहिले दर्शकमा परिवर्तन आएको छ । त्यसैले तिमीले पनि परिवर्तन गर्नुपर्छ । यदि तिनीहरूको आवश्यकता परिवर्तन भएको छ भने तपाईंले पनि सोही अनुसार काम गर्नुपर्छ ।’

आफ्नो करिअरको बारेमा कुरा गर्दै अक्षयले यसलाई अलार्मजस्तै भएको बताए । ‘यदि तपाईंको फिल्म चल्दैन भने यो तपाईंको गल्ती हो । म जे गर्न सक्छु त्यही गर्ने प्रयास गरिरहेको छु । म सबैलाई यो पनि भन्न चाहन्छु कि यदि तपाईंका फिल्म राम्रो चल्दैनन् भने तपाईं दर्शक वा अरू कसैलाई दोष दिन सक्नुहुन्न,’ उनले भने, ‘यो मेरो गल्ती हो १०० प्रतिशत । यदि तपाईंका फिल्म चलिरहेका छैनन् भने यसको मतलब तपाईं के चयन गर्दै हुनुहुन्छ । तपाईंको फिल्ममा सबै कुरा सही अनुपातमा नहुन सक्छ । यो असफल भइरहेको छ ।’

कोरोना कालमा साहस देखाउँदै अक्षयले आफ्नो फिल्म ‘बेलबटम’लाई थिएटरमा रिलिज गरेका थिए । यसपछि उनी सूर्यवंशीमा देखा परे जुन सुपरहिट साबित भयो । तर यसपछि रक्षाबन्धन, सम्राट पृथ्वीराज, रामसेतुदेखि सेल्फीसम्मका फिल्मले दर्शकको माया पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?