+
+

‘हेराफेरी ४’मा दृष्टिविहीन भिलेनको भूमिकामा आउँदै सञ्जय दत्त 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १२:३३

काठमाडौं । बलिउड पछिल्लो साता ‘हेराफेरी ३’को चर्चाले गर्मायो । फेब्रुअरी २१ देखि छायांकन सुरु भएसँगै यो कमेडी सिक्वेलको चर्चाले अरु कुरालाई ओझेलमा पार्‍यो । यो श्रृंखलामा अक्षय कुमार, सुनिल शेट्टी र परेश रावल शीर्ष भूमिकामा छन् । फरहाद सम्जीले फिल्मको प्रोमो खिचिरहेको तस्वीर पनि सार्वजनिक भयो ।

यतिबेला आएर फिल्मलाई लिएर दुईवटा नयाँ खबर छ । पहिलो, अब फिल्मको शीर्षक ‘हेराफेरी ३’ नभएर ‘हेराफेरी ४’ हुनेछ । बलिउड हंगामाका अनुसार यो फिल्मको खलपात्रमा सञ्जय दत्तले अभिनय गर्नेछन् । स्रोतले भन्यो, ‘सञ्जय दत्तले फिल्म साइन गरेका छन् । फिल्ममा उनी एक विरोधीको भूमिकामा देखिने बताइएको छ । उनको चरित्र दृष्टिविहीन छ र धेरै विचित्र छ । उनले हेराफेरी श्रृंखलामा पागलपनको अंश थप्ने अपेक्षा गरिएको छ ।’

स्रोतले अगाडि भन्यो, ‘सञ्जय दत्त कमेडी भूमिकामा उत्कृष्ट छन् र निर्माताले यो भूमिकाका लागि उनलाई सही ठहर्‍याएका छन् । उनको कास्टिङले फिल्मको ब्राण्डमा अझै मूल्य थप्नेछ । उनी हेराफेरी युनिभर्समा एक रोमाञ्चक पात्र हुनेछन् । दर्शकले उनलाई राजु (अक्षय कुमार), श्याम (सुनिल शेट्टी) र बाबुराव गणपतराव आप्टे (परेश रावल) सँग अभिनय गरेका हेर्न पाउनेछन् ।’

‘हेराफेरी ४’ मा अरशद वारसीलाई अनुबन्ध गरिएको खबर पनि आएको छ तर स्रोतले यो कुराको पुष्टि गर्न सकेन । जे होस्, सञ्जय दत्त र अरशद वारसीको पुनर्मिलनले केही फ्यानलाई उत्साहित बनाएको छ । किनभने दुवैलाई मुन्नाभाइ फ्रेन्चाइजीमा क्रमशः मुन्नाभाइ र सर्किटको रूपमा मन पराइएको छ ।

यसैबीच, मिड-डेसँगको अन्तर्वार्तामा परेश रावलले हेराफेरी ४ को छायांकन तीन महिनाभित्र सुरु हुने र मुम्बईका साथै विदेशी लोकेसनमा पनि हुने बताए । उनले भने, ‘बाबु भैय्या, राजु र श्याम विदेश गएकाले अबुधाबी, दुबई र लस एन्जलस जस्ता स्थानमा पनि फिल्मको छायांकन हुनेछ । तिनीहरूले विश्वव्यापी रूपमा हेराफेरी गर्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?