+
+

काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ फागुन १४ गते १६:२३

१४ फागुन, काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आइतबार अपरान्ह वर्षा भएको छ । यो वर्ष हिउँदमा लामो समय पानी नपरेका बेला यो वर्षाले धेरैलाई खुशी दिएको छ ।

गत कात्तिकमा मनसुन बाहिरिएपछि वर्षा भएको थिएन । मंसिर, पुस र माघ महिनाको लामो सुख्यापछि वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पानी पार्ने पश्चिमी वायु सक्रिय हुन समय लागेका कारण यसपटक ढिलो गरी हिउँदे वर्षा भएको हो । पोहोर परार पुस-माघमै पानी पर्ने गरे पनि यसपालि फागुनको मध्यमा मात्र पानी परेको हो ।

शहरी क्षेत्रमा एक्कासी पानी पर्दा पैदलयात्री र साइकल तथा मोटरसाइकल चालक समस्यामा परेका छन् । छाता तथा रेनकोट नभएका कारण उनीहरु रुझ्दै गन्तव्यतर्फ गएका छन् । ग्रामीण क्षेत्रमा खेती लगाउने तयारी गरेका किसानलाई पानी परेपछि जमिन खनजोत गर्न सहज हुनेछ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?