+
+

अनुगमनमा गएका मध्यपुर थिमिका उपमेयरमाथि हातपात 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १६:३२

१४ फागुन, भक्तपुर । विकास निर्माणका कामको अनुगमनमा गएका मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको छ ।

नगरपालिकाको मध्यपुर थिमि नगरपालिका वडा नं ५ बस्ने सुमन जोशी लगायतका समूहहरूले उपमेयरमाथि हातपात गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका र नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले छुट्टा छुट्टै विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । उपमेयर श्रेष्ठ माओवादीको मध्यपुर थिमि नगर कमिटी अध्यक्षसमेत हुन् ।

बालकुमारी हात्तिमहाकाल सडक आयोजनाको योजना सुरु गर्ने क्रममा दुई पोखरी टोलमा ढुङ्गा विच्छाउने कार्यको लागि गत माघमा नगर प्रमुख र नगर उपप्रमुखको उपस्थितिमा बालकुमारी हात्तिमहाकाल सडक उपभोक्ता समिति गठन भएको थियो ।

सो कार्य सञ्चालन गर्नका लागि सहजीकरण गर्न कार्यस्थलमा उपस्थित भई कार्य गरिरहेको अवस्थामा हातपात भएको नगरपालिकाले जनाएको छ । हातपात गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?