+
+

प्रहरी भ्यानबाट हाम फालेर बलात्कार अभियुक्त फरार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते ७:४८
धनुषाको जनकपुरधाममा गस्तीमा रहेको नेपाल प्रहरीको भ्यान । फाइल तस्वीर

१५ फागुन, जनकपुरधाम । धनुषा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् ।

बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएका हुन् ।

आइतबार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी  इलाका प्रहरी कार्यालय फर्किदै गर्दा साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । रातिदेखि नै उनको खोजी कार्य तीव्र पारिएको उनले बताए ।

गत माघ १५ गते इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए । उनीहरू मध्ये दुईजना अझै पक्राउ पर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?