+
+
आईसीसी क्रिकेट विश्वकप लिग टु :

पपुवा न्यूगिनीविरुद्ध नेपालले पायो २०४ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १५:२६

१५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा सुरु शृखंलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ ।

बलिङमा राम्रो सुरुवात गरेपनि नेपालले डेथ ओभरमा त्यसलाई कायम राख्न नसक्दा पीएनजीले २०० रन कटाएको थियो । पीएनजीले अन्तिम पाँच ओभरमा ४३ रन जोडेको थियो ।

दुबई इन्टरनेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनायो । सुरुको ३० ओभरमा १०० रन बनाएको पीएनजीले त्यसपछि २० ओभरमा १०३ रन बनाएको थियो ।

पीएनजीका लागि सातौं नम्बरमा ब्याटिङ गरेका चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६-३६ रन बनाए ।
सपरले ५३ बल खेल्दै २ चौका मद्दतमा अविजित ३६ रन बनाएका हुन् । यस्तै सेस बाउले ३१, किपलिन डफरिगाले २९ र नोर्मन भानुअले २५ रन बनाए । हिरी हिरी १० रन बनाएर आउट भए ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए । कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।

सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १ विकेट लिए । सोमपालले ६ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चिए । करणले ९ ओभरमा २ मेडन राख्दै ३० रन खर्चिए ।

नेपाली बलरहरुमध्ये केही महँगा बनेका प्रतिशले पहिलो खेलमा ६ ओभर बलिङ गर्दा ३७ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?