+
+

नेपाल इन्स्योरेन्सको सञ्चालकबाट पौडेल र अग्रवाललाई हटाउन प्राधिकरणको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १७:२२

१५ फागुन, काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष अर्जुन शर्मा पौडेल र सञ्चालक विष्णु खेतान अग्रवाललाई सञ्चालक समितिबाट हटाउन निर्देशन दिएको छ । पौडेल र अग्रवाल कम्पनीमा सञ्चालकको रुपमा २ कार्यकाल पुरा भएपनि मर्जरमा जाने भएपछि दुवै जनालाई सञ्चालकमा पुनःनियुक्ति गर्न प्राधिकरणले अनुमति दिएको थियो ।

तर, मर्जरमा नजाने अवस्था भएपछि कम्पनीको सञ्चालक समितिलाई पत्राचार गर्दै पौडेल र अग्रवाललाई सञ्चालकबाट हटाउन निर्देशन दिएको बीमा प्राधिकरणका अधयक्ष सूर्यप्रसाद सिलवाले बताए ।

नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान ताकेता गर्दै आएको थियो । आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जरमा जाने प्रारम्भिक सहमति गरेका छन् । तर, नेपाल इन्स्योरेन्स भने मर्जरमा जान तयार भएको छैन ।

‘बीमा कम्पनीमा २ कार्यकाल भन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ । तर, कम्पनीलाई मर्जरको साधारणसभा नहुँदासम्म दुवै सञ्चालकलाई निरन्तरता दिन स्वीकृति दिएको हो,’ बीमा प्राधिकरणका अध्यक्ष सिलवालले भने, ‘कम्पनी मर्जरमा नगएपछि कम्पनीको सञ्चालक समितिलाई पत्राचार गर्दै पौडेल र अग्रवाललाई सञ्चालकबाट हटाउन भनेका छौं । अब कम्पनीको सञ्चालक समितिले निर्णय गर्छ।’

अग्रवाल गत २९ जेठमा सञ्चालक पदमा पुनः नियुक्ति भएका थिए । नेपाल इन्स्योरेन्स कम्पनीले दुवै जनालाई संस्थागत सुशासन विपरीत सञ्चालक पदमा नियुक्त गर्दा गर्दै पनि प्राधिकरणले मर्जरमा जाने सर्तमा अनुमोदन गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?