
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्स्योरेन्सले ३४.७८३ प्रतिशत हकप्रद सेयर निष्कासन गरी चुक्ता पूँजी २ अर्ब ५४ करोड पुर्याउने योजना बनाएको छ।
- हकप्रद सेयरमा आवेदन साउन २६ गतेसम्म खुला रहनेछ र जेठ २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन्।
- कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए माइनस रेटिङ पाएको छ र सोमबार बजार बन्द हुँदा सेयर मूल्य ६७० रुपैयाँ रहेको छ।
६ साउन, काठमाडौं । नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन खुलेको छ । जेठ २९ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हालको १० कित्ता बराबर ३.४७८३ कित्ताका दरले हकप्रद सेयरमा आवेदन खुलाएको छ । साउन २६ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।
नियामक बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी साढे २ अर्ब पुर्याउनका लागि कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड रुपैयाँ छ । ३४.७८३ प्रतिशत हकप्रद सेयर निष्कासनपछि चुक्ता पूँजी ६५ करोड ७६ लाख रुपैयाँ थप हुन गई २ अर्ब ५४ करोड पुग्नेछ ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए माइनस रेटिङ पाएको छ । जसले कम्पनीको दायित्व वहन क्षमता औसतभन्दा राम्रो स्तरमा रहेको जनाउँछ । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ६७० रुपैयाँ छ ।
प्रतिक्रिया 4