+
+

क्यानको चुनावी साधारण सभा साउनभित्रमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १९:४४

१५ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले चुनावी साधारण सभा आगामी वर्ष साउन मसान्तसम्ममा गर्ने भएको छ । सुर्खेतमा दुई दिनसम्म चलेको क्यानको वार्षिक साधारण सभाले २०८० साउन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रिय निर्वाचन सम्पन्न गर्ने निर्यण गरेको हो ।

‘मिति २०७९ माघ १७ गते नेपाल क्रिकेट संघको पोखरामा सम्पन्न बैठकले २०८० जेठ समान्तभित्र विशेष साधारणसभाको आयोजना गरी निर्वाचन सम्पन्न गर्ने निर्णय गरेकोमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद नियमावली, २०७९ बमोजिमका साथै आईसीसीसँग समन्वय गरी नेपाल क्रिकेट संघको विधान संशोधन गर्न अति आवश्यक देखिएकाले २०८० साल साउन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी दिने निर्णय सर्वसम्मतिले पारित गरियो,’ साधारण सभापछि क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै गण्डकी प्रदेशका थप दुई जिल्ला बाग्लुङ र पर्वतलाई मान्यता प्रदान गर्ने नेपाल क्रिकेट संघको पोखरा बैठकको निर्णयलाई साधारण सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ ।

यस्तै विधान संशोधनका लागि पदमबहादुर खड्काको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरिएको पनि क्यानले जनाएको छ । विधान संशोधनका लागि २०७९ चैत मसान्तभित्र भर्चुअल साधारणसभा हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?