+
+

सबै सरकारी वेबसाइट अब एउटै स्वरुपमा, प्रणाली आजदेखि सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १५:०६

१६ फागुन, काठमाडौं । अब सबै सरकारी निकायका वेबसाइटहरु एकै स्वरुपमा देखिने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली विकास गरी सञ्चालनमा ल्याएको छ । जसको शुभारम्भ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी हुन् ।

मन्त्रालयका अनुसार यस प्रणालीको प्रयोग गरी विकास गरिएका मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ ।

यो प्रणालीको प्रयोग गरी सरकारी निकायले सूचना प्रविधिमा दक्ष जनशक्ति नहुँदा समेत उपलब्ध जनशक्तिकै माध्यमबाट आफ्नो निकायको वेबसाइट सहजै, निःशुल्क र सुरक्षित रुपमा विकास गर्न सक्ने मन्त्रालयले जनाएको छ । अब निकायगत रुपमा वेबसाइट विकास, अध्यावधि र सपोर्टका लागि वर्षेनी हुने खचर्ए समेत बच्ने मन्त्रालयको भनाइ छ । सरकारी निकायले आफ्नो कार्यालयसँग सम्बन्धित सूचना तथा जानकराी सरल र सहज रुपमा प्रकाशनमा ल्याउन सक्ने भएका छन् ।

नयाँ वेबसाइट अब अपाङ्गता मैत्री बन्ने भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वेबसाइटहरुको व्यापक अध्ययन र अनुसन्धानपछि योे प्रणाली विकास गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

सरकारी निकायको वेबसाइट मोबाइलको माध्यमबाट समेत हेर्न सकिने गरी मोबाइल एपको समेत विकास गरिएको छ । अब सबै सरकारी निकायका वेबसाइट र एपको निरन्तर निगरानी गरी जोखिम न्यूनीकरण गर्न सक्ने गरी वेव मोनिटरिङ प्रणाली समेत आजैदेखि सञ्चालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?