+
+

कोरियाली टिकटक स्टार, जसले नेपाली गीतमा भिडियो बनाएर विदेशमा प्रवर्द्धन गर्दैछिन्

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १५:०८

काठमाडौं । यस्तो लाग्छ टिकटकसामु भौगोलिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टिकटक बनाउँदै संसारभर फैलाएका छन् । यसै महिना गायिका एलिना चौहानको कन्सर्टमा गाइएको गीत ‘मिनरल वाटर’को दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् ।

यतिबेला हामी दक्षिण कोरियाली टिकटक स्टार केजिमिनको कुरा गर्दैछौं, जो पछिल्लो समयमा नेपालमा समेत हिट छिन् । झण्डै दुई दर्जन नेपाली हिट गीतमा उनले टिकटक बनाएकी छन् । विश्वचर्चित कोरियाली ब्याण्ड बीटीएसको गीतदेखि नेपालीसम्म जसरी उनले भिडियो बनाएकी छन्, यसले पक्कै नेपाली संगीतलाई फाइदा पुगेको छ ।

केजिमिनलाई टिकटकमा एक करोड जनाले पछ्याएका छन् । टिकटकमा उनको लाइक २६ करोड ४१ लाख पटक उनको भिडियोमा लाइक गरिएको छ । हरियो कपालमा आकर्षक देखिएकी केजिमिनको उमेर २० वर्ष आसपासमा छ । उनको भिडियोलाई नेपाली टिकटक प्रयोगकर्ताले पनि रुचाएको देखिन्छ । उनलाई पछ्याउने नेपाली टिकटकरको संख्या पनि उच्च छ ।

@d0d_x Ng😂#🇳🇵 #nepalitiktok #viral #okejimin #kejimin #케지민 #fyp #kefreesun #soonent #korean #케프리썬 ♬ original sound – बेद श्रेष्ठ

केजिमिनले शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’को गीत दर्शन सलामदेखि चरी कहाँ छ, नलाऊ माया, लैलै बरै, च्याङ्वा होई च्याङ्वा, जुन मलाई भन्छौ भने, जुनी काट्छु भन्थ्यौ नि मसित, करिमले छेउ लाएपछि त, पियार पियार, समाउ हातैमा, ए फूलमायासहित झण्डै दुई दर्जन गीतमा भिडियो बनाएकी छन् ।

शब्द नबुझिएपनि पछिल्लो समय संगीत र त्यसको लयशैलीले नेपाली गीतमा विदेशीले टिकटक बनाइरहेका छन् ।

@d0d_x 🏰 #🇳🇵#nepalitiktok #nepal #malaysia #🇲🇾 #istananegara #kejimin #okejimin #케지민 #viral #fyp #lucu #korean #soonent #kefreesun #케프리썬 ♬ original sound – 𝑴𝒂𝒏 𝐆𝐜✅

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?