१७ फागुन, काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी एफए कप फुटबलको क्वाटरफायनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको अन्तिम १६ को खेलमा च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटीलाई ३-० ले हराएर सिटी अन्तिम ८ मा पुगेको हो ।
ब्रिस्टोलको मैदान एस्टोन गेट स्टेडियममा भएको खेलमा सिटीका लागि फिल फोडेनले दुई तथा केभिन डे ब्रुएनाले एक गोल गरे ।
फोडेनले खेलको सातौँ र ७४औं मिनेटमा गोल गरे । डे ब्रुएनाले ८१औं मिनेटमा गोल गरे ।
फ्रिमियर लिगकै ब्राइटन र फुलहम पनि एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ब्राइटनले स्टोक सिटीलाई १-० ले तथा फुलहमले लिड्स युनाइटेडले २-० ले हरायो । यस्तै लेस्टर सिटीलाई २-१ ले हराएर ब्ल्याकबर्न रोभर्स पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतिक्रिया 4