+
+

जसपाको प्रदेश १ समिति पुनर्गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १४:०४

१७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको प्रदेश १ समिति पुनर्गठन भएको छ ।

आज बसेको पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय समिति पुनर्गठन गरेको जसपाले जनाएको छ । समितिको उपाध्यक्षहरुमा सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दिपेश राई छन् भने मुख्यसचिवमा घनश्याम कटुवाल चयन भएका छन् ।

समितिको सचिवहरुमा घनराज सुब्बा, हस्तशोभा राई, शान्ता घतानी, तेजमाया दुमी, सुब्बालाल मेहता र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।

बैठकले प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सरकारसँग समन्वय गर्नका लागि प्रदेश इन्चार्ज समेत रहेका कार्यकारिणी समिति सदस्य रकम चेम्जाङ, अध्यक्ष दीपक याक्खा र मुख्य सचिव घनश्याम कटुवाललाई जिम्मेवारी दिएको छ ।

पार्टी संगठनलाई व्यवस्थित गर्न जिल्ला र १४ वटै जिल्ला अन्तर्गतका पालिका स्तरीय समितिहरुलाई आवश्यक्ता अनुसार गठन, पुनर्गठन गर्न गराउन पनि बैठकले पदाधिकारीहरुलाई जिम्मेवारी तोकेको छ ।

आसन्न स्ववियु निर्वाचनका सन्दर्भमा प्रदेशभित्रका सबै विश्वविद्यालय तथा क्याम्पसहरुमा पार्टी सम्बद्ध विद्यार्थी संगठनलाई सक्रिय बनाई आवश्यक समन्वय गर्न गणेश राईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको जसपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?