+
+

संघीय निजामती र प्रहरी ऐनले सरकारको भविष्य निर्धारण हुन्छ : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १४:५०

१७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनसँग सरकारको भविष्य निर्धारण हुने बतााएका छन् ।

जनपुरधाममा बुधबार मधेश प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले संघीय सरकारले तत्काल यी दुई विधेयक पारित गर्नुपर्ने बताए ।

‘अहिलेको सरकारले दुईवटा काम तत्काल गर्नुपर्छ । संघीय निजामती ऐन यथाशीघ्र पास गरेर प्रदेश कर्मचारी तन्त्र स्थापित र प्रहरी समायोजन गरेर प्रदेशलाई हस्तान्तरण’, यादवले भने, यही दुईवटा काममा यो सरकारको भविष्य निर्धारण हुन्छ ।’

प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोत साधन नहुँदा चाहे अनुसार काम गर्न नसकेको उनको भनाइ छ । ‘एउटा आर्मीको गार्ड लिएर घुम्दैमा सरकार हुँदैन । आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ’, यादवले भने ।

उनले संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुनै नसक्ने दावी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?