+
+

मन्त्रालयको संख्या ७ मा झार्नु गण्डकी सरकारको उपलब्धि

लेकसाइडलाई विशेष पर्यटन क्षेत्र बनाउने योजना

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १९:५८

१७ फाुगन, पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या १२ बाट ७ मा झार्नुलाई सरकारको मुख्य उपलब्धि मानेको छ । बुधबार प्रदेशसभामा सम्बोधन गरेका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रालय घटाउने कदमले जनतामाझ प्रदेशको सकारात्मक सन्देश प्रवाह भएको बताए ।

प्रदेशसभामा सरकारको तर्फबाट मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रमुखले गर्ने सम्बोधन उपलब्ध गराएका थिए । प्रदेश प्रमुख गुरुङले पुस २५ गते गठन भएको गण्डकी सरकार विगतको शासन सञ्चालनको क्रममा प्राप्त भएको अनुभव, प्रदेशको आन्तरिक आम्दानी, वर्तमान राष्ट्रिय आर्थिक अवस्था तथा प्रदेशलाई थप चुस्त र प्रभावकारी बनाउनतर्फ लागेको गुरुङको भनाइ छ ।

वर्तमान सरकार गठन भएपछिको पहिलो बैठकबाट डायलासिस सेवा विस्तार गर्ने निर्णय भई कार्यान्वयनको क्रममा रहेको गुरुङले बताए । जसका कारण मृगौलाको डायलासिस गराउने अवस्थामा पुगेका बिरामीलाई सहज भएको उनको भनाइ छ ।

दिगो पर्यटन विकासबाट रोजगारी सिर्जना गर्ने प्रदेश प्रमुख गुरुङले बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले सम्पूर्ण प्रयास गर्ने उनको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइ सम्पर्क बढाई व्यस्त विमानस्थलका रुपमा विकास गर्न सरकार लागि पर्ने उनले आशा गरेका छन् ।

पोखरा महानगरपालिका–६ बैदाम क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरी पोखरालाई न्युक्लियस क्षेत्र बनाइने सरकारको योजनाको प्रदेश प्रमुख गुरुङले स्मरण गरे ।

धौवादीको फलाम खानी र प्राकृतिक सम्पदाको अधिकतम प्रयोग गरी आर्थिक विकासमा सरकारले जोड दिने गुरुङले बताए । त्रिवेणी–कोरला सडकलाई स्तरोन्नति र निर्माणमा सरकारले जोड दिएको छ । कोरला नाका खोल्न सरकारले पहल गर्ने उनको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पृथ्वीचोक हुँदै लेकसाइड जाने छुट्र्ट द्रूत मार्गको अध्ययन गरी निर्माण कार्य प्रारम्भ गर्ने गुरुङले बताए । गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यलाई साकार बनाउन प्रदेश सरकारले सम्पूर्ण प्रयास गर्ने गुरुङको भनाइ छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी विश्वविद्यालयको समन्वयमा दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको योजनालाई प्रदेश प्रमुख गुरुङले सुनाए । दिगो पर्यटन विकासबाट रोजगारी सिर्जना गर्ने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले सम्पूर्ण प्रयास गर्ने उनको भनाइ छ ।

सम्बोधनको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?