+
+

राजनीति सही बाटोमा छ, राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित छ : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १०:४५

१८ फागुन, धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको बताएका छन् । अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने र जनअपेक्षा पूरा गर्दै देश विकास गर्ने उनले बताए ।

सिरहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सिंहले प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिनु र आठ दलीय गठबन्धन बन्नुलाई जनताको म्यान्डेट अनुसारको राजनीतिक परिस्थिति बनेको भनेका हुन् ।

‘निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यही गठबन्धनले म्यान्डेट पाए पनि केही समय असहजतातर्फ राजनीति अघि बढ्यो,’ उनले भने, ‘अहिले जनमत अनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको छ । अब आठदलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्छ ।’

सत्ता गठबन्धनमा कुनै असमझदारी नरहेको भन्दै उनले राष्ट्रपति पदमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको बताए ।

अहिले मुलुकको अर्थतन्त्र संकटमा रहेकाले परिस्थितिलाई सम्हालेर जानु पर्ने चुनौति रहेको बताउँदै सिंहले अब सरकारले नागरिकमा आशा जगाउने गरी काम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?