+
+

मर्जरपछि सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १३:१४

१८ फागुन, काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले बुधबारदेखि एकीकृत कारोबार सुरु भएको छ ।  बुधबार काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको हो ।

एकीकृत कारोबारको शुभारम्भ बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे । उनले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीचको एकीकृतको शुभारम्भ गर्दै बीमा कम्पनीले पूँजी मात्र वृद्धि गर्ने भन्दा पनि राम्रो पोलिसी ल्याएर व्यापार गर्न सक्नुपर्ने बताए । उनले पछिल्लो समय भइरहेको इस्योरेन्सहरुको मर्जर स्वतःस्फूर्त भएको बताए । कम्पनीहरुले नीति निर्देशनमा बसेर बिजनेस गर्न सक्नुपर्ने उनले बताए ।

उनले बीमा कम्पनीको लोगो परिवर्तन गरेर, पूँजी बढाएर मात्रै बीमा प्रतिको विश्वास बढ्न नसक्ने बताए । उनले पूँजी अनुसारको व्यवसाय गरे, बजारमा सकारात्मक इमेज राख्नसके, बीमा दाबी भुक्तानी समयमा दिनसकेमात्रै बीमाप्रतिको विश्वास बढ्ने बताए । उनले बीमा कम्पनीले समयमा दाबी भुक्तानी नगरे ग्राहकले बीमाप्रति नकारात्मक धारणा बनाउने बताए ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौंबाहिर पनि
कम्पनीहरुले बीमाको कार्य क्षेत्र विस्तार गर्नुपर्ने बताए । उनले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनुपर्ने बताए । उनले अब क्षेत्र अनुसारको नीति ल्याउन आवश्यक रहेको बताए । उनले कम्पनीलाई आफैं पूँजी बढाउन वा मर्जरका माध्यमबाट पूँजी बढाउनसक्ने दुई विकल्प मध्य मर्जर रोजेको बताए ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले दुई इन्स्योरेन्सको अनुभव र क्षमताले नेपालको बीमा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने विश्वास लिएको बताए । उनले ग्राहकहरुलाई गुणस्तरीय बीमा सेवा दिने मर्जरको एक मात्रै उद्देश्य रहेको बताए । उनले मर्जरपछि विगतको भन्दा सवल र सक्षम भएर लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?