+
+

स्मार्ट टेलिभिजनबाट हुन सक्छ जासुसी, यसरी रोक्नुहोस् जासुसलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १६:११

काठमाडौं । स्मार्टफोनको माध्यमबाट जासुसी गरिएका समाचारहरु हामीले सुन्दै आएका छौँ । तर के बेड रुममा भएको स्मार्ट टेलिभिजनबाट पनि जासुसी हुनसक्छ ?

यो प्रश्न निकै रोचक छ ।

किनकी हामी स्मार्टफोनका विषयमा जति सतर्क हुन्छौँ टेलिभिजनका विषयमा हुँदैनौँ । टेलिभिजनमा न त कुनै इनकग्निटो मोड हुन्छ, न त कुनै प्राइभेसी फिचर्स नै कतै देखिन्छ ।

लगभग एक दशक अगाडि हाम्रो घरमा मोटा मोटा तथा गह्रौँ टेलिभिजन हुन्थे । ती टेलिभिजनका आकार त ठूला हुन्थे तर स्क्रिन ठूलो हुँदैनथ्यो । समयसँगै टेलिभिजनको डिजाइन तथा फिचर दुबैमा परिवर्तन आयो । त्यसमा सबैभन्दा ठूलो परिवर्तन चाहीँ टेलिभिजन स्मार्ट बनेको छ । बजारमा अहिले पाइने धेरैजसो टेलिभिजन स्मार्ट टेलिभिजन नै हुन्छन् ।

तपाईँको बारेमा स्मार्ट टेलिभिजनले यतिधेरै कसरी जान्दछ ?

स्मार्ट टेलिभिजनमा विभिन्न उत्कृष्ट फिचरहरु उपलब्ध हुन्छन् । तपाईँ स्मार्ट टिभीलाई इन्टरनेटमा जोड्न सक्नुहुन्छ । टेलिभिजन हेर्नका लागि सेटअपको आवश्यकता पर्दैन, ओटीटी एपहरु डाउनलोड गर्न सक्नुहुन्छ । धेरै हदसम्म स्मार्ट टेलिभिजनमा पनि स्मार्टफोनमा जस्तै फिचर हुने गरेका छन् ।

यी सबै सुविधाका बाबजुत स्मार्ट टेलिभिजनले एउटा जोखिम पनि सँगै लिएर आएको छ । हामी सबैलाई थाहा छ कि अहिले कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत जानकारीको महत्व कति छ ।

तपाईँले घरमा राखेको टेलिभिजनले स्वयं तपाईँ र परिवारको बारेमा नै सूचना तथा जानकारीहरु संकलन गरिरह्यो भने के होला ?

वास्तवमा हामी अहिले डिजिटल दुनियाँमा छौँ र यस्तो बेलामा ट्रयाकिङबाट बाँच्न निकै गाह्रो छ । डिजिटल दुनियाँमा तपाईँलाई हरेक पाइलामा ट्रयाक गरिन्छ । कहिले फोनमा त कहिले टेलिभिजनको माध्यमबाट तपाईँका डाटाहरु संकलन भैरहेका हुन्छन् ।

के टेलिभिजनले तपाईँका डाटा जम्मा गरिरहेको छ ?

तपाईँलाई लाग्न सक्छ कि यस्ता डाटा जम्मा गरेर कसैले आखिर के नै पो गर्न सक्छ र ? तर वास्तवमा कम्पनीहरुले तपाईँका त्यस्ता व्यक्तिगत डाटाहरुलाई अनेक तरहले प्रयोग गर्न सक्दछन् । कहिले तपाईँको स्क्रिनमा आउने विज्ञापनका लागि त कहिले तपाईँलाई आगामी एप वा शोका विषयमा सल्लाह दिएर उनीहरुले पैसा कमाउँछन् ।

यी सबैमा टेलिभिजनको एउटा फिचरले सहयोग गर्दछ, जसको नाम ब्ऋच् अर्थात् अटोमेटिक कन्टेन्ट रिकग्निसन हो । यो एक भिजुअल रिकग्निसन फिचर हो । यसले तपाईँको टेलिभिजनमा बज्ने सबै विज्ञापन, टेलिभिजन शो वा मुभीहरुलाई पहिचान गर्दछ । साथै यसले स्ट्रिमिङ बक्स, केवल, ओटीटी तथा डीभीडी लगायतका सबै हिस्साहरुलाई समेत पहिचान गर्दछ । कम्पनीहरुले प्रयोगकर्ताका यी डाटाहरुलाई मार्केटिङ तथा विज्ञापन लक्षित गर्नका लागि प्रयोग गर्दछ ।

यो सेटिङ्गस कसरी बन्द गर्ने ?

फरक फरक टेलिभिजनमा फरक फरक ढंगबाट ACR बन्द गर्नुपर्ने हुन्छ । आमरुपमा यदि तपाईँँ कुनै सामसुङ स्मार्ट टेलिभिजन प्रयोग गरिरनुभएको छ भने त्यसका लागि Smart Hub menu > Settings > Support >Terms & Policy भित्र गएर Sync Plus and Marketing को अप्सन देखिन्छ । तपाईँले त्यसलाई डिसेबल गर्नुुपर्ने हुन्छ ।

त्यस्तै यदि तपाईँ नयाँ टेलिभिजन सेटअप गर्दै हुनुहुन्छ भने Terms and Conditions  को अप्सनमा ACR अफ गर्ने विकल्प देख्नुहुनेछ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?