+
+

होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगरौँ : नेपाल प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १९:०३

१८ फागुन, काठमाडौं । नेपाल प्रहरीले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरुको समूहमा होली नखेल्न आग्रह गरेको छ ।

सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन भन्दै नेपाल प्रहरीले सर्वसाधारणका नाममा जारी गरेको अनुरोध पत्रका होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरिएको छ ।

नेपाल प्रहरीको अनुरोध पत्रमा लेखिएको छ, ‘कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔ, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं ।’

यसवर्षको होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा सोमबार र तराई मधेशका जिल्लामा मंगलबार मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?