+
+

आठ दलीय गठबन्धनले आज बागमती प्रदेशका सांसदको अभिमुखीकरण कार्यक्रम गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते ७:१८

१९ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आठ दलीय गठबन्धनले आज बागमती प्रदेशका सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ । बिहीबार संघीय सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको गठबन्धनले आज बागमती प्रदेशका सांसदहरुको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम आनन्द भूमि इभेन्ट नयाँबानेश्वरमा दिउँसो १ बजे हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा गठबन्धनका नेताहरुले सम्बोधन गर्नेछन् । आठ दलीय गठबन्धनको औचित्यबारे बोल्दै राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मत माग्न उद्देश्यले उनीहरुले यो कार्यक्रम आयोजना गरेका हुन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । पौडेललाई विजयी गराउन भन्दै गठबन्धनका नेताहरुले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य ७ राजनीतिक दलका प्रतिनिधिहरु सम्मिलित ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?