+
+

१८ वर्ष मुनिकाले दैनिक १ घण्टामात्रै टिकटक चलाउन पाउने !

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते ९:१४

काठमाडौं । लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले यस्तो नयाँ नियम लागू गर्दैछ जस अनुसार अब १८ वर्षभन्दा कम उमेरका टिकटक प्रयोगकर्ताहरुले एक दिनमा अधिकतम १ घण्टा मात्रै आफ्नो टिकटक अकाउन्ट चलाउन पाउनेछन् ।

दैनिक एक घण्टाभन्दा बढी समय टिकटक चलाउन चाहने किशोर किशोरीहरुले आफ्नो पासकोड पुनः हाल्नुपर्नेछ । यद्यपि एक घण्टाको सीमालाई लम्ब्याउन पासकोड हान्नुपर्ने सेटिंग्सलाई बन्द पनि गर्न सकिनेछ ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले प्रयोगकर्ताहरुलाई आफ्नो टिकटक प्रयोगको आनीबानीमा नियन्त्रण कायम गराउनका लागि सहयोग गर्न भन्दै यो नयाँ फिचरको घोषणा गरेको हो ।

कम्पनीका अनुसार १८ वर्षभन्दा कम उमेरका टिकटक प्रयोगकर्ताको अकाउन्टमा अब दैनिक १ घण्टाको समयसीमा डिफल्ट रुपमा तय हुनेछ । आगामी हप्ताहरुसम्म यस्ता सबै अकाउन्टहरुमा एक घण्टे समयसीमा सेट गरिसक्ने कम्पनीले जनाएको छ ।

अब टिकटक चलाउँदै एक घण्टा पूरा भएसँगै टिकटक एपले सम्बन्धित प्रयोगकर्तालाई समय सकिएको भन्दै अब लगअफ गर्नुहोस् भन्ने सन्देश दिनेछ । यद्यपि प्रयोगकर्ताले टिकटकको तय भएको उक्त समयसीमाको सेटिंग्स हटाउन वा परिवर्तन गर्न सक्नेछन् । त्यसरी समयसीमा हटाएपछि दैनिक १ सय मिनेट भन्दा धेरै समयसम्म टिकटक चलाइएमा टिकटकले नयाँ सीमा तय गर्न अह्राउनेछ । त्यसमा प्रयोगकर्ताले आफ्नो दैनिक टिकटक चलाउने अधिकतम समय राख्नुपर्नेछ ।

टिकटकले गत वर्ष किशोरावस्थाका प्रयोगकर्ताहरुलाई उनीहरुको टिकटक चलाउने समय अर्थात् स्क्रिन टाइम व्यवस्थापन गर्ने नयाँ फिचर ल्याएको थियो ।

टिकटकको नयाँ नियम अनुसार अब १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक १ घण्टाभन्दा धेरै थप ३० मिनेटसम्म टिकटक चलाउनका लागि उनीहरुका अभिभावकले पासकोड हालेर अनलक गर्नुपर्नेछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?