+
+

११ वर्षकी बालिकाको मासिक आम्दानी डेढ करोड, लिँदैछिन् अवकास

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १०:००
Photo Credit : pixiecurtis/instagram

काठमाडौं । कमै मात्र मानिसहरु सानै उमेरमा प्रसिद्धी हासिल गर्न सक्दछन् । पिक्सी कर्टिस यस्तै भाग्यमानी मानिसमा पर्दछिन् जसले ११ वर्षकै उमेरमा मासिक डेढ लाख रुपैयाँ भन्दा धेरै रकम कमाउँछिन् ।

रोचक त के भने छोटो समयमै करोडौँ आम्दानी गरिसकेकी कर्टिसले यति सानो उमेरमै आयआर्जनको पेशाबाट अवकाश लिँदैछिन् ।

यी करोडपति बालिकासँग आफ्नै मर्सिडिज कार छ । पिक्सी आफ्नै एउटा कम्पनी चलाउँछिन् जसको नाम Pixie’s Pix  हो । यो एउटा अनलाइन कम्पनी हो । यो कम्पनीले एक प्रकारको हेयर बो, हेडब्याण्ड बिक्री गर्दछ ।
पिक्सीका लागि उनकी आमा रोक्सी ज्याकेन्कोले व्यवसाय सुरुवात गरिदिएकी थिइन् । रोक्सी पनि आफैंमा एकजना व्यवसायी महिला हुन् ।

news.com.au  सँगको कुराकानीमा पिक्सीले अब आफू हाइस्कुल शिक्षाका लागि केन्द्रित हुन चाहेको हुँदा आफ्नो व्यवसायिक कामबाट विश्राम लिने तयारीमा रहेको खुलासा गरेकी छिन् । अर्थात् उनी ११ वर्षकै उमेरमा आफ्नो व्यवसायबाट रिटायर्ड हुँदैछिन् । उनी पछिल्लो ३ वर्षदेखि सो व्यवसायमा छिन् ।

आफ्नी आमा रोक्सीले दशौँ बर्थडेका अवसरमा करोडौं मूल्य पर्ने मर्सिडिज कार उपहार दिएपछि पिक्सी गत वर्ष नै पहिलोपटक चर्चामा आएकी थिइन् । उनको ११ औं बर्थडे पनि कम चर्चामा रहेन । आफ्नो बर्थडेमा पार्टी गरेर उनले करीब एक करोड रुपैयाँ बराबरको रकम खर्च गरेकी थिइन् ।

पिक्सी सोसल मिडिया स्टार पनि हुन् । उनको इन्स्टाग्राममा १ लाख २० हजार भन्दा धेरै फलोअर्स छन् । जहाँ उनले आफ्ना निजी तस्वीरका साथै व्यवसायसँग सम्बन्धित सामाग्रीहरु पनि शेयर गर्दछिन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?