+
+

मकवानपुरमा भान्सा कोठामा लुकाएर राखेको अफिमसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १२:३१

१९ फागुन, हेटौंडा । ईलाका प्रहरी कार्यालय मनहरीले भान्सा कोठामा लुकाएर राखेको अफिमसहित एक युवकलाई पक्राउ गरेको छ ।

मनहरी-६ का ४० बर्षीय नरमान घिसिङलाई बिहीबार राति ११:४० बजे प्रहरी निरीक्षक कृष्णराज ढकालको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

विशेष सूचनाको आधारमा गएको टोलीले घिसिङको घरको भान्सा कोठामा कालो झोलामा प्लास्टिकले बेरी लुकाइ राखेको १ किलोग्राम अफिम फेला पारेको उनले जानकारी दिए ।

घिसिङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको प्रहरीले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?