+
+

ल्यापटपमा पनि प्रयोग गर्न सकिनेछ AI च्याटबट बिंग, विन्डोजबाट आइफोन लिंक गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १३:०२

काठमाडौं । माइक्रोसफ्टले आफ्नो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ मा एक महत्वपूर्ण अपडेट लञ्च गरेको छ । पछिल्लो अपडेटसँगै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित बिंग सर्च इन्जिनलाई विन्डोज ११ को टास्कबारमा सामेल गरिएको छ । अर्थात् अब कम्प्युटर प्रयोगर्ताहरुले पनि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबटको प्रयोग गर्न सक्नेछन् ।

साथै कम्पनीले आइओएस डिभाइसका लागि पनि फोन लिंकको उपलब्धताको घोषणा गरेको छ । यो सुविधा पहिलेदेखि नै एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध छ । आर्टिफिसियल इन्टेलिजेन्समा आधारित बिंग सर्च इन्जिनसँगै प्रयोगकर्ताहरुले पहिलेभन्दा छिटो तरिकाबाट सर्च इन्जिनमा आफ्नो प्रश्नको जवाफ खोज्न सक्नेछन् ।

माइक्रोसफ्टले एक ब्लग पोस्टमा विन्डोज ११ मा नयाँ अपडेटको घोषणा गर्दै नयाँ अपडेटले लाखौँ विन्डोज ११ प्रयोगकर्तालाई कम्प्युटिङको नयाँ युग प्रदान गर्ने दाबी गरेको छ ।

स्मरण रहोस् माइक्रोसफ्टले हालै मात्र AI च्याटबट ChatGPT  युक्त बिंग सर्च इन्जिन घोषणा गरेको हो । त्योसँगै माइक्रोसफ्टले AI मा आधारित बिंग सर्च इन्जिन र एज ब्राउजरलाई नयाँ अपडेटसँगै टास्कबारमा एकीकृत गर्दैछ ।

विन्डोज ११ को पछिल्लो अपडेटसँगै अब आइओएस प्रयोगकर्ताले पनि आफ्नो डिभाइसलाई विन्डोजसँग सहजै जोड्न सक्नेछन् । कम्पनीका अनुसार यसबाट फोटोज एप्लिकेसनमा आइक्लाउड इन्टिग्रेसनसँगै आइफोनका फोटोसम्म सहज पहुँच मिल्नेछ । यो सुविधा सबैभन्दा पहिले विन्डोज इनसाइडरको प्रिभ्यूको रुपमा उपलब्ध हुनेछ । अर्थात् अब आइफोन प्रयोगकर्ताले पनि कुनै व्यवधान बिनै माइक्रोसफ्ट विन्डोजको प्रयोग गर्न सक्नेछन् ।

नयाँ अपडेटसँगै माइक्रोसफ्टले विन्डोज ११ मा विभिन्न नयाँ फिचर पनि थप गरेको छ । प्रयोगकर्ताले अब स्निपिङ टुल एप्लिकेसनको प्रयोग गरी स्क्रिन रेकर्ड पनि गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले केवल एप्लिकेसन लञ्च गर्न तथा रेकर्ड छनोट गर्नु आवश्यक हुन्छ ।

नयाँ अपडेटमा नोटप्याड एप्लिकेसनमा पनि ट्याब हुनेछ जसले प्रयोगकर्तालाई सजिलैसँग डाटालाई म्यानेज गर्न तथा नोटहरुको बीचमा स्वीच गर्ने सुविधा दिनेछ । नयाँ ट्याब बनाउनका लागि प्रयोगकर्ताले नोटप्याड एप्लिकेसन खोलेर + आइकनमा क्लिक गर्नु पर्दछ ।

विन्डोज ११ को 22H2 भर्सन प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो ल्यापटप तथा कम्प्युटरको सेटिंग्समा गएर विन्डोज अपडेट गर्नुपर्दछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?