+
+

फुटपाथ सफा गर्दै महानगर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १४:३२

१९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा भएका अव्यवस्थित सामग्रीहरु हटाउन थालेको छ । कालिमाटीदेखि कुलेश्वरसम्मको फुटपाथमा अलपत्र अवस्थमा रहेका निर्माण लगायतका अन्य सामग्री महानगर नगर प्रहरीले हटाएको हो ।

फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखिएका निर्माण सामग्री, ब्लक तथा अव्यवस्थित तारहरु हटाइएको महानगर नगर प्रहरीले जनाएको छ ।

महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार फुटपाथलाई व्यवस्थित बनाउन महानगर प्रहरीले सुधारको अभियान अघि बढाएको बताए ।

फुटपाथ निर्माण गर्दा बढी भएका ब्लक तथा निर्माण सामग्री, व्यवसायी तथा पसलेहरुले अतिक्रमण गरेर राखेको सामग्रीहरु हटाउन सुरु गरिएको उनले बताए ।

फुटपाथ अव्यवस्थित हुँदा सर्वसाधाण नागरिकलाई फुटपाथमा हिंड्न असहज  हुनुका साथै सडक दुर्घटनाको जोखिम समेत रहेकाले फुटपाथ व्यस्थित अभियान सुरु गरेको महानगरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?