+
+
Shares

उपसभामुखको गुनासो : ३६ हजार घरभाडा दिएका छन्, ४४ हजार तिरिरहेकी छु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १६:१०

१९ फागुन, काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् ।

भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले उपसभामुखले पाउनुपर्ने कतिपय सुविधा आफूलाई दिन आनाकानी भइरहेको बताएकी हुन् ।

‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ । तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदाखेरि थुप्रै सुविधा रहेछ’ उनले भनिन् ।

पुरुषले महिलालाई र ठूलो पार्टीले सानो पार्टीलाई गर्ने व्यवहार अहिले पनि हेपाहा प्रवृत्तिको भएको उनको भनाइ छ । ‘त्यो भ्रष्टाचार होइन र, कस्तो लाग्छ तपाईंहरुलाई ?’ उपसभामुख रानाले प्रश्न गरिन्, ‘यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने ।’

आफूलाई घर दिने भनेको सुनेको तर नदिई ३६ हजार रुपैयाँ भाडा मात्र दिएको रानाले बताइन् । ‘उपसभामुखलाई घर दिने रे भनिएको छ, दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ’, उनले भनिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?