+
+

‘छक्कापञ्जा ४’ आक्रामक, ‘छड्के २’ र ‘क्रिड ३’लाई ओपनिङमा सकस

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १६:२०
फिल्म प्रवर्द्धनको सिलसिलामा शुक्रबार बिग मुभिजमा पुगेका ‘छक्कापञ्जा ४’ का कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र राज आचार्य ।

काठमाडौं । ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गर्ने देखिएको छ । शुक्रबार मध्यान्हपछि फिल्मको अकुपेन्सीले गति लिएको छ । मुलुकका प्रमुख मल्टिप्लेक्स चेनदेखि सिंगल स्क्रिनमा समेत अपरान्ह, बेलुका र रात्रि शोहरु शतप्रतिशत खचाखच हुने देखिएको छ ।

शुक्रबार बिहानीको शो ५० देखि ७० प्रतिशत देखिएपनि फिल्मले १ बजेपछि आक्रामक पिकअपको संकेत दिएको हो । क्यूएफएक्स र आईएनआईका काठमाडौं र उपत्यकाबाहिर हलमा शतप्रतिशत अकुपेन्सी हुने देखिएको छ । काठमाडौंस्थित वान सिनेमाज्, बिग मुभिजलगायतका हल खचाखच देखिएका छन् ।

मुलुकको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका निर्देशक सुरेन्द्र थापाले अनलाइनखबरसँग भने, ‘मध्यान्हपछि फिल्मले गति लियो । अबका केही दिनसम्म फिल्मले आक्रामक कमाइ गर्ने प्रक्षेपण हाम्रो छ । बिहानी अकुपेन्सीमा केही कमी भएपनि मध्यान्हपछिको अकुपेन्सीले हामीलाई खुसी दिएको छ ।’

क्यूएफएक्सले कुल ६३ शो दिएको थियो, जसमध्ये बेलुकासम्म सबै हाउसफुल हुने पक्का छ । मुलुकभर क्यूएफएक्सका ११ हल छन् र तीमध्ये अधिकांशमा फिल्मको ओपनिङ उत्कृष्ट हुने देखिएको छ । काठमाडौं, पोखरा, चितवनलगायतका प्रमुख फिल्म बजारमा समेत फिल्मको अकुपेन्सी राम्रो देखिएको छ ।

शनिबारसहित सोमबार पहाडी भेग र मंगलबार तराई क्षेत्रमा फागु पूर्णिमाको बिदा भएकाले फिल्मको कमाइमा उछाल आउन सक्छ । बुधबार नारी दिवसको बिदा भएकाले पनि फिल्मको कमाइमा योगदान पुग्ने देखिन्छ । फिल्मले शुक्रबार एक करोड हाराहारीमा ओपनिङ गर्न सक्ने प्रक्षेपण छ । छड्के २, क्रिड ३ र बाँकी फिल्महरु चलिरहेको सन्दर्भमा समेत ‘छक्कापञ्जा ४’को यो शुक्रबारे कमाइ आफैंमा आकर्षक हो ।

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, राज आचार्यलगायत दर्शकलाई भेट्न हलहलमा पुगिरहेका छन् । फिल्म हेरेका दर्शकसँग प्रतिक्रिया पुग्नेदेखि मिट एण्ड ग्रीटमा उनीहरु व्यस्त देखिएका छन् । फागु पूर्णिमापछि मोफसलका हल दौडाहामा गएर दर्शक भेट्ने उनीहरुको तयारी छ ।

छड्के २’ र ‘क्रिड ३’लाई ओपनिङमा सकस

अपरान्हसम्मको अकुपेन्सी ट्रेण्ड हेर्दा अनमोल केसी स्टारर ग्याङस्टर फिल्म ‘छड्के २’लाई ओपनिङमा सकस देखिएको छ । क्यूएफएक्सले फिल्मलाई ४० शो उपलब्ध गराएपनि अकुपेन्सी १० प्रतिशत हाराहारीमा देखिन्छ जुन अपेक्षा गरिएअनुसार होइन । माइकल जोर्डन स्टारर हलिउड फिल्म ‘क्रिड ३’को ओपनिङ पनि निकै कमजोर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?