+
+

कोशी नाम खारेज गर्न माग गर्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १९:२६

१९ फागुन,  विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ ।  बुधबार प्रदेशसभाले कोशी नाम राखेपछि उक्त नाम खारेज गर्न माग गर्दै पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् ।

लिम्बुवान किरात संघर्ष समितिमा आवद्ध दर्जन बढी संघसंस्थाले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ पनि गरे । उनीहरुले पहिचानको आधारमा लिम्बुवान– किरात नामकरण गरिनुपर्ने माग गरे । प्रदेशको नाम पहिचानका आधारमा नराखे देशभरि आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिए ।

९३ सदस्यीय प्रदेशसभामा कोशीको पक्षमत ८२ जनाले मतदान गरेका थिए । ४ जनाको विपक्षमा मतदान गर्दा  ६ जना सांसद अनुपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?