+
+

एएफसी यू-२० महिला एसिया कप छनोटका लागि नेपाली टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २० गते ८:२८

२० फागुन, काठमाठौं । एएफसी यू-२० महिला एसिया कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले शुक्रबार २३ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

बंगलादेशमा भएको साफ यू-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ ।

घाइते भएका कुसुम खतिवडा र अन्जली चन्दको स्थानमा जेनिफर राना र सन्दिपा भोलान टिममा समावेश भएका छन् ।

यस्तै सजनी थोकरको स्थानमा हिमा रावत टिममा समावेश छन् ।

राष्ट्रिय टिमका सदस्य प्रिती राई, अमिसा कार्की र दीपा शाही पनि टिममा समावेश छन् ।

मार्च ८ देखि १२ सम्म हुने छनोटमा नेपाल समूह बी मा छ । यस समूहमा प्यालेस्टाइन र नर्थन मारिया आइल्याण्ड छन् । यस समूहको खेल प्यालेस्टाइनमा हुनेछ ।

यू-२० महिला एसिया कप छनोटमा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू-२० महिला एसिया कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन् ।

नेपाली टोली

गोलकिपर : कविता बिक, सावित्री किसन, लिला जोशी

डिफेण्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दिपा शाही

फरवार्ड :  गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?