+
+

डिलिट भएका ह्वाट्सएप च्याट कसरी रिकभर गर्ने ?

एजेन्सी एजेन्सी
२०७९ फागुन २१ गते ९:२७

मेसेजिङ तथा च्याटिङका लागि ह्वाट्सएप सबैभन्दा लोकप्रिय तथा सुरक्षित प्लाटर्फमको रुपमा रहेको छ । यदि तपाईंले कुनै महत्वपूर्ण ह्वाट्सएप मेसेज/च्याटलाई भुलवस डिलिट गर्नुभयो वा आफ्नो डिभाइसलाई रिसेट गर्दा वा परिवर्तन गर्ने समयमा अन्जानमा फोनबाट मेटिए भने के गर्नुहुन्छ ? डिलिट भएका मेसेजलाई सधैका लागि गुमाउनुहुन्छ वा पुनः रिकभर गर्ने कुनै अप्सन खोज्नुहुन्छ ? वास्तवमा तपाईंले आफ्नो फोनमा डिलिट भएका ह्वाट्सएप च्याटलाई रिकभर गर्न सक्नुहुन्छ ।

एन्ड्रोइड फोनमा ह्वाट्सएप च्याट कसरी रिकभर गर्ने ?

 

यदि तपाइँ एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने ह्वाट्सएपले तपाईंलाई दैनिक, साप्ताहिक वा मासिक आधारमा गुगल ड्राइभ या डिभाइसको इन्टरनल स्टोरेजमा च्याट हिस्ट्रीलाई ब्याकअप गर्ने अनुमति दिन्छ । यसको प्रयोग गरेर तपाईंले पुराना तथा डिलिट भएका मेसेजलाई रिकभर गर्न सकिन्छ । यसमा अटो ब्याकअप पनि अन गर्न सकिन्छ । अटो ब्याकअपमा सबैभन्दा पछिल्लोपटक ब्याकअप भएका मेसेज नै रिकभर गर्न सकिनेछ ।

गुगल ड्राइभमा यसरी गर्नुहोस् ब्याकअप

गुगल ड्राइभबाट डिलिट गरिएका ह्वाट्सएप च्याट मेसेज रिकभर गर्नका लागि तपाईंले ब्याकअप बनाउनका लागि प्रयोग गरेको मोबाइल फोन नम्बर वा गुगल अकाउन्टको उपयोग गर्नु पर्दछ ।

सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड डिभाइसबाट ह्वाट्सएप अनइस्टल गर्नुहोस् र पुनः इन्स्टल गर्नुहोस् । त्यसपछि एप खोल्नुहोस् र साइन इन गर्नका लागि आफ्नो रजिस्टर्ड नम्बर दर्ज गर्नुहोस् ।

भेरिफिकेसनका लागि सोही नम्बरमा रहेको ओटीपी टाइप गर्नुहोस् । भेरिफिकेसन पछि तपाईंलाई गुगल ड्राइभबाट आफ्नो च्याट ब्याकअप रिकभर गर्ने अप्सन प्राप्त हुनेछ ।

च्याट रिस्टोर गर्नका लागि restore मा ट्याप गर्नुहोस् । Initialization पूरा भएसँगै तपाइँ सबै च्याट खोज्नका लागि ल्भहत मा ट्याप गर्नुहोस् । त्यसपछि तपाइँ ह्वाट्सएपको प्रयोग गर्न सक्नुहुन्छ र फोटो, भिडियो, डकुमेन्टलाई ह्वाट्सएप ब्याकग्राउण्डमा डाउनलोड गर्न सक्नुहुन्छ ।

Local Backup  बाट यसरी रिकभर गर्न सकिन्छ ह्वाट्सएप च्याट

यदि तपाईंसँग गुगल ड्राइभमा आफ्नो च्याट हिस्ट्री ब्याकअप छैन भने ह्वाट्सएपले अटोमेटिक लोकल ब्याकअप फाइलबाट त्यसलाई प्राप्त गर्दछ । यसका लागि तपाईंले फाइल एक्सप्लोरर, कम्प्युटर वा एसडी कार्डको प्रयोग गरेर ब्याकअप भएका ह्वाट्सएप फाइललाई आफ्नो एन्ड्रोइड फोनमा ट्रान्सफर गर्नु पर्दछ । यसका लागि आफ्नो एन्ड्रोइड फोनमा एउटा फाइल म्यानेजमेन्ट एप डाउनलोड गर्नुहोस् वा आफ्नो डिभाइसमा पहिलैदेखि नै इन्स्टल भएको एप खोल्नुहोस् ।

त्यसपछि ह्वाट्सएप १२ तथा त्यसभन्दा माथिल्लो डिभाइसका लागि/sdcard/WhatsApp/Databases वा Android/media/com.whatsapp/WhatsApp/Backups मा जानुहोस् ।

ब्याकअप फाइलहरुको सूचिबाट पछिल्लो फाइलका कपी गर्नुहोस् गर्नुहोस् वा आफ्नो मौजूदा वा नयाँ डिभाइसको इन्टरनल स्टोरेजको डाटाबेस फोल्डरमा पेस्ट गर्नुहोस् ।

आइफोनमा ह्वाट्सएप च्याट कसरी रिकभर गर्ने ?

यसका लागि तपाईंसँग ह्वाट्सएपका लागि आइक्लाउड ब्याकअप हुनु आवश्यक हुन्छ ।

आइफोनमा ह्वाट्सएपको आइक्लाउड ब्याकअप भए नभएको जाँच्नका लागि ह्वाट्सएप खोलेर सेटिंग्समा जानुहोस् र त्यसपछि Chat र Chat Backup  अप्सनमा जानुहोस् ।

यदि तपाईंको आइफोनमा क्लाउड ब्याकअप छ भने तपाइँले ह्वाट्सएप च्याट रिकभर गर्न सक्नुहुन्छ । यसका लागि तपाइँले ह्वाट्सएप अनइन्स्टल गरी गरी पुनः इन्स्टल गर्नु पर्दछ ।

इन्स्टलेसन पूरा भएपछि एप खोल्नुहोस् र आफ्नो फोन नम्बर भेरिफाइ गर्नुहोस् । त्यसपछि तपाईं आफ्ना डिलिट भएका ह्वाट्सएप मेसेजहरु आइक्लाउडबाट रिकभर गर्न सक्नुहुन्छ ।

एजेनसी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?