+
+

नेवानिको ककपिट पहिलो पटक जब महिला टिमले सम्हाले 

अच्युत पुरी अच्युत पुरी
२०७९ फागुन २१ गते १४:४३

२१ फागुन, काठमाडौं । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको इतिहासमा पहिलो पटक महिला चालक दलको समूहले ककपिट सम्हालेको छ । शनिबार नेपाल एयरलाइन्सको न्यारोबडी ए३२० जहाज काठमाडौं–दुबई रुटको उडान गरेको छ । दुवै जना महिला पाइलटको कन्ट्रोलमा यो जहाज थियो । पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले यो सफल उडान गरी इतिहास रचेका हुन् ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार अन्तर्राष्ट्रिय उडानमा महिलाले रचेको यो नयाँ इतिहास हो ।

नेवानिका अर्का पाइलट दीपु ज्वार्चनका अनुसार आन्तरिक उडानमा कैयौं पटक यस्तो संयोग जुरेको छ, तर अन्तर्राष्ट्रिय उडानमा जुरेको थिएन् । यही जोडीले दुबईबाट अर्को उडान काठमाडौंका लागि पनि गर्दैछ ।

नेपाल एयरलाइन्सले ८ मार्च (अन्तर्राष्ट्रिय महिला दिवस)को दिन सबै क्रु मेम्बर महिला राखेर उडानको तयारी समेत गरिरहेको छ । तर, यो अझै तयारीकै क्रममा रहेका कारण निश्चित भने नभएको प्रवक्ता खड्काले जानकारी दिइन् ।

गैरआवासीय नेपालीको स्वागत

राष्ट्रिय ध्वजाबाहक नेवानिको जहाज कमाण्ड गरी दुबई पुर्‍याएर इतिहास बनाएका महिला पाइलटहरुलाई गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईका सल्लाहकार भुवानीप्रसाद तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत पाइलटहरुलाई यूएईमा स्वागत गरिएको जानकारी गराएका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?