+
+

८० हजार लिटर डिजेलमा मिसावट पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १८:१०

२१ फागुन, काठमाडौं । भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरको डिजेलमा मिसावट पुष्टि भएको छ ।

नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ । डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको छ तर डिजेलमा कुन पदार्थ मिसवट गरिएको थियो भन्ने चाहिं नखुलेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमको केन्द्रीय ल्याबको रिर्पोटलाई आधार मानेर निगमले ती डिजेलको गुणस्तर परीक्षण भारतीय आयल कर्पोरेसन (आईओसी) मा गर्ने तयारी भइरहेको उपाध्यायले बताए ।

‘२० हजार लिटर क्षमताका चार वटा ट्यांकरमा ढुवानी गरेर ल्याइएको ट्यांकरमा मिसावट पुष्टि भएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘के मिसाइएको थियो भन्ने नखुलेका कारण थप परीक्षणका लागि भारत पठाउने तयारी गरिरहेका छौं ।’

मिसावट पुष्टि भएपछि चार वटै ट्यांकर र यसका चालक एवम् व्यवसायीलाई कारबाहीको तयारी भइरहेको उपाध्यायले बताए । निगमको ढुवानी विनियमावलीअनुसार कम्तीमा ६ महिनाका लागि इन्धन ढुवानी इजाजत निलम्बन गर्नेगरी कारबाही अघि बढेको निगमले जनाएको छ ।

गत १० फागुनमा झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट आएका चार वटा ट्यांकरको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पछि निगमले अनुसन्धान सुरु गरेको थियो । आईओसीको सिलिगुडी डिपोबाट लोड गरिएको मे.१ ख. २१४९, मे. १ ख. २१५१, ना.७ ख. १५०७ र ना. ७ ख. ६९७४ नम्बरको ट्यांकरको डिजेलमा घनत्व कम भएको पाइएको थियो ।

आयल निगमले ८ सय २० देखि ८ सय ५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएका डिजेलमा तल्लो प्यारामिटर भन्दा कम घनत्व रहेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?