+
+

डिफेन्डिङ च्याम्पियन मछिन्द्र पहिलो खेलमै जावलाखेलसँग स्तब्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १९:४६

२१ फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसी शहीद स्मारक ए डिभिजन लिग २०७९ को पहिलो खेलमै पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा एक गोलको अग्रता लिएर पनि कायम राख्न नसक्दा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ ले पराजित भयो ।

जावलाखेललाई पुनरागमन जित दिलाउन हिसुब थपलियाले एक गोल र एक असिस्ट गरे । कप्तान सिमान्त थापा र मासोबीले एक एक गोल गरे ।

खेलको २४औं मिनेटमा देवेन्द्र तामाङले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई पहिले अग्रता दिलाएका थिए । लिग अघि लगातार गोल्डकप खेलेर थकित मछिन्द्रले जावलाखेल विरुद्ध अग्रता कायम राख्न सकेन ।

उता जावलाखेलले भने दोस्रो हाफमा शानदार पुनरागमन गर्दै तीन गोल गर्‍यो । ५९औं मिनेट हिसुब थपलियाले गोल गर्दै जावलाखेललाई खेलमा फर्काएका थिए । त्यसपछि जावलेखेलले खेलमा पकड बनायो ।

६४औं मिनेटमा एनकोतो मासोबीले गोल गर्दै जावलाखेललाई २-१ को अग्रता दिलाए ।

जावलाखेल यतिमै रोकिएन । ७६औं मिनेटमा कप्तान सिमान्त थापाले हिसुबको फ्रिकिकमा हेडर गोल गर्दै ३-१ को अग्रता दिलाए ।

जितपछि जावलाखेलले ३ अंक जोड्दै लिगमा शानदार सुरुवात गरेको छ । मछिन्द्रले भने हारबाट लिग यात्रा सुरु गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?